८ माघ २०८१, मंगलबार | January 21, 2025

एकीकृत समाजवादी-माओवादी केन्द्र छलफल : गठबन्धन जोगाएर एमसीसीमा सहमति खोज्ने प्रयास



काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरी एमसिसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् ।

शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसिसीमा सहमति जुटाउन छलफल भएको हो । छलफल पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताए। प्रचण्डले गठबन्धन नटुट्ने दाबी गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताए । एमसिसीको मुद्दाले धेरै बिषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उहाको भनाइ छ । उनले एमसिसीलाई गठबन्धनसँग जोड्न नहुने तर्क गरे ।

त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका विषयमा कुनै छलफल नभएको बताए । उनले मुलुकको हित विपरीतका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिए ।

एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । एमसीसीका कारण दुईपटक स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार नै बस्दैछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ०६ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड