३ पुस २०८२, बिहिबार | December 18, 2025

एमसीसीबारे अन्तिम निर्णय गर्न खुमलटारमा माओवादी बैठक जारी



काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसिरहेको बैठकमा एमसीसीबारे ब्याख्यात्मक प्रस्ताव पारित गर्ने विषयमा छलफल भैरहेको छ । गठबन्धन भत्किने अवस्था पुगेपछि यसअघि बसेको माओवादी शीर्ष नेताहरुको बैठकले अन्तिम प्रयत्न गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार शुक्रबार र शनिबार कांग्रेससँग निरन्तर सम्वाद गरेका अध्यक्ष प्रचण्डले एमसीसीलाई पारित गर्ने र गठबन्धन पनि जोगाउने उपाय खोजेका थिए ।

एमसीसी पारित गर्नुअघि नेपालले राख्दै आएका चासोलाई सम्बोधन गर्नेगरी व्याख्या गरेर पुरक प्रस्ताव पारित गर्ने सहमति भएको थियो । यस प्रस्तावामा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि सहमति भएका थिए । तर, त्यसअघि माओवादीले र एकीकृत समाजवादीले पार्टीबाट निर्णय गर्नुपर्ने अडान प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका नेताहरुले राखेका थिए ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ५० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका