१६ बैशाख २०८३, बुधबार | April 29, 2026

तिलोत्तमा नगरपालिकामा कोरोनाविरुद्ध पूर्ण खोप



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन् ।

यो नगरपालिका कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले उक्त लगाएका र खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना छन् । लक्षित जनसङ्ख्या ९५ हजार ९६६ रहेकामा लक्षितभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

नगरपालिकाभन्दा बाहिरका व्यक्तिले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएका स्वास्थ्य शाखाले जनाएको छ । परिवारको सर्वेक्षण गरेर छुटेका सात हजार ७७ जनालाई खोप लगाइएसँगै यो नगरपालिका कोरोनाविरुद्धको खोपमा सुनिश्चित भएको हो । खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरिएका व्यक्तिलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिलेसमेत अनुगमन गरेर तिलोत्तमालाई पूर्णखोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट ल्याएर खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए ।

उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्णखोप घोषणा एवं सुनिश्चितताका लागि प्रतिबद्धता पत्रसमेत प्राप्त भएको छ । घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट भएको नपाइएकाले नगरपालिकास्तरीय खोप समन्वय समितिको बैठकले जिल्लास्तरीय खोप समन्वय समितिलगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्लास्थित स्वास्थ्य कार्यालयलाई पूर्णखोप घोषणा सुनिश्चितता गराउनका लागि पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्णखोप सुनिश्चितताका लागि घरधुरी ‘¥यापिड कन्ट्रयाक’ सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले खोप लगाउन विभिन्न बस्ती, समुदाय तथा इँटाभट्टामै पुगेर खोप लगाउन छुटेकालाई खोप लगाएका थिए । नगर प्रमुख वासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गरे ।

उक्त नगरपालिकामा हालसम्म कोरोनाबाट आठ हजार ८३८ सङ्क्रमित भएकामा २०१ जनाको निधन भएको भएको थियो । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको र महामारीबाट नगरवासीलाई बचाउन ६० श्ययाको अस्थायी कोरोना अस्पताल स्थापना गरिएको थियो । रासस

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : ५४ बजे

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष