२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए भने उनका प्रतिद्वन्दी मानबहादुर धामी ९सन्तोष०ले ९३ मत पाएका छन् ।

प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् । सचिवमा जनक बुढा (बझाङ), सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा) विजयी भएका छन् ।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मङ्सिरमा अध्यक्ष पदका आकांक्षी धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ सदस्यमात्रै छनोट गरेको थियो । सोमबार साँझ निर्वाचन प्रक्रियामार्फत प्रदेश समितिका पदाधिकारी चयन भएका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ४० बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा