१७ भदौ २०८३, बुधबार | September 2, 2026

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सेना दिवस मनाइयो



काठमाडौं । नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस’ मनाएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमखि अतिथि रहेकी थिइन् ।

सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।

सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्री तथा सेना दिवस –२०७८’ लेखिएको व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएको थियो ।

टुँडिखेलमा सेनाले राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरेको थियो ।

टुँडिखेलमा विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्चार तथा हवाई सुरक्षा सम्बन्धी विभिन्न हात÷हतियार, भेहिकल तथा उपकरण र विभिन्न संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।

समारोहमा राष्ट्रपतिले ‘सिपाही बार्षिक–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाल आर्मी’ नामक पुस्तकको विमोचन गरेकी थिइन् ।

‘महाशिवरात्री तथा सेना दिवस–२०७८’ को अवसरमा बहालवाला रथी ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना, अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरि जम्मा ७१५ जनालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ५८ बजे

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर

घट्न सकेन किशोरी आमा बन्नेक्रम

चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय