२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बाँके कांग्रेसमा चुनावी महोल तात्यो, सुरेन्द्र हमाल संस्थापनका आधिकारिक उम्मेदवार घोषणा



नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको अधिवेशन नजिकिँदै जाँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ । जिल्ला सभापतिका लागि उम्मेदवारहरुले आ आफ्नो दाबी प्रस्तुत गर्दै मतदाता आकर्षण गर्न थालेका छन् ।

संस्थापन निकटका दुईजनाको उम्मेदवारी परेपछि दुबै जनाले आफुलाई संस्थापनको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । संस्थापनबाट उम्मेदवारी दिएका सुरेन्द्र हमाल र बादशाह कुर्मी दुबैले आफुलाई आधिकारिक उम्मेदवार दाबी गरिरहँदा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले भने संस्थापन समूहको उम्मेद्वार सुरेन्द्र हमाल भएको घोषणा गरेका छन् ।

बाल्मिकीले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर कांग्रेसका प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले आफुलाई बाँकेको आधिकारिक उम्मेद्वार हमाल रहेको खबर गरेको खुलासा गरेका छन् । बालुवाटारबाटै आएको निर्देशन अनुसार हमाललाई संस्थापन पक्षको उम्मेद्वार रहेको मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हमाल आधिकारिक भएको बाल्मिकीले घोषणा गरेका हुन् ।

अर्का उम्मेदवार बादशाह कुर्मीले मंगलबार विहान नै आफू संस्थापन पक्षको आधिकारिक उम्मेदवार रहेको जानकारी गराएका थिए । सहमहामन्त्री किशोर सिंह राठौरले कुर्मी र हमाल दुबै संस्थापनका आधिकारिक उम्मेदवार भनिदिएपछि मतदाताहरु भ्रमित बनेका थिए । कांग्रेस बाँकेको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन इतरबाट नारायण गौडेलको उम्मेदवारी रहेको छ ।

बाँकेमा १९ गते हुने अधिवेशनमा जिल्लाभरिका करिव १४८० जनाले मतदान गर्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ३६ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन