१५ बैशाख २०८१, शनिबार | April 27, 2024

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।

महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका दिएका हुन् ।

अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ रु भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भने, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले अधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थामा हाम्रो गठबन्धन पनि हुन सक्छ ।‘

गठबन्धनका दलहरुले चुनावसम्मै गठबन्धन कायम रहेने बताइरहेका बेला लोसपाले पनि एमालेसँग गठबन्धन गर्न सक्ने नेताहरुको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेका वेला लोसपा पनि उनीहरुकै सरकारमा सहभागि भएको थियो । अध्यक्ष ठाकुरसँग वरिष्ठ नेता शरतसिंह भण्डारी पनि थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : २५ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको