बुटवल । रुपन्देहीको तिलोत्तमाको शंकरनगरमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन । मंगलबार साँझ बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८८७७ नम्बरको माइक्रो बसले सोही दिशातर्फ गइरहेको लु ४० प ६७२१ नम्बरको स्कुटरलाई तिलोत्तमा नगरपालिका- १ शंकरनगरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट स्कुटरका चालक गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार उनको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको र अचेत रहेकाले पहिचान खुल्न छैन । दुर्घटनमा परेका पुरुषको पहिचान नखुलेकाले कोही आफन्तलाई सम्पर्क गर्न नसकिएको जनाउँदै प्रहरीले स्कुटर नमबरका आधारमा चिन्न सक्ने जो कोहीले आफन्तलाई खबर गरिदिन वा प्रहरी चोकी शंकर नगर खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।



















प्रतिक्रिया