२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

मिडिया कप फुटसलको टाइसिट सार्वजनिक



बुटवल । रुपन्देहीका सञ्चारकर्मीहरु बीच हुन गइरहेको मिडिया कप फुटसलको टाइसिट सार्वजनिक गरिएको छ । ग्लोबल आवाजद्वारा अनलाईनको आयोजनामा आगामी फागुन २० गते गर्न लागिएको दोस्रो ‘टेनस्टिल्स मिडिया कप फुटसल-२०७८’ को टाइसिट मंगलबार सार्वजनिक गरिएको हो ।

आयोजकका अनुसार फुटसलमा जिल्लाका विभिन्न १४ वटा सञ्चारगृहमा आवद्ध सञ्चारकर्मीहरु खेलमा सहभागी हुने भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको उपस्थितिमा प्रतियोगिताका निर्णायक समिति संयोजक यमलाल भुसाल, सदस्यहरु निदेश पाण्डे, विश्वास ढकाल लगाएतको रोहबरमा गोलाप्रथाबाट प्रतियोगिताको समय तालिका (टाइसिट) तय गरिएको फुटसल संयोजक तथा ग्लोबल आवाज अनलाईनका समाचार संयोजक डीबी सुस्लिङले जानकारी दिए । प्रतियोगितालाई मैत्रीपूर्ण तथा निस्पक्ष बनाउनका लागि निर्णायक समितिहरुबाट छानविन तथा रुजू गरी छनोट भएका समूहहरु बीच प्रतिष्पर्धा गराउने गरी टाइसिट निर्धारण गरिएको उनले बताए ।

जीतको मानसिकताभन्दा पनि मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने मानसिकता विकासका लागि प्रतियोगिताले सहयोग गर्ने अपेक्षा राखिएको आयोजक संस्थाका अध्यक्ष गौतम भुसालले बताए ।

प्रतियोगिताको विजेताले २५ हजार नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय नगद राशीले सम्मान गर्नुका साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर र उत्कृष्ट फरवार्डरलाई समान २ हजार ५ सय नगदराशीले सम्मान गरिने छ ।

सार्वजनिक खेलतालिका अनुसार गत वर्षको विजेता बुद्ध टिभी र उप विजेता रेडियो लुम्बिनी एउँटै समूहमा परेका छन् । गत वर्षको खेलमा बुद्ध टिभीले ग्लोबल आवाजलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रेडियो लुम्बिनीले बुटवल टुडे दैनिकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । गत वर्ष सेमी फाइनलबाट बाहिरिएका बुटवल टुडे दैनिक र ग्लोबल आवाज समूह बी मा परेका छन् ।

खेल रुपन्देहीको तिलोत्तमा भलवारी स्थित सनराई फुटसल एरिनामा संचालन हुने ग्लोबलआवाजका सम्पादक एनबी कंडेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : ३१ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा