७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाली क्रिकेटको सपना साकारका लागि सहयोग गर्न पाकिस्तान इच्छुक : राजदूत शाह



पाकिस्तानी दूतावासद्वारा आयोजित सातौं संस्करणको नेपाल–पाकिस्तान मैत्री टि २० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।
शंखपार्कस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् ।

९ दिनसम्म चल्ने यस प्रतियोगितामा १२ क्रिकेट टिमले भाग लिएका छन् ।

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले नेपालमा पाकिस्ताले खेल प्रतियोगिताको आयोजना गरिरहेकोमा सराहना गरेका छन् । उनले दुई देशका युवालाई एकसाथ ल्याउन र आपसी विश्वास बढाउन क्रिकेट खेल महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

आफ्नो मन्तव्यमा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले कोरोना महामारीको समयमा क्रिकेट जस्ता खेल र अन्य बाहिरी गतिविधिको महत्व बढेको बताए । राजदूत शाहले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने संकेत गरेको बताए । उनले नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोग गर्न इच्छुक रहेको पनि बताए । राजदूत शाहले यस्ता प्रतियोगिताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए । राजदूत शाहले कार्यक्रमको आयोजना गर्न सहयोग गरेकोमा कामपा प्रमुख शाक्य र नेपाल सरकारलाई धन्यवाद दिए ।

प्रतियोगिताको समापन १० मार्चमा हुनेछ । प्रतियोगता एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : ४४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल