२५ आश्विन २०८३, आइतबार | October 11, 2026

आज ग्याल्पो ल्होसार धुमधासँग मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी धुमधामसँग मनाइँदै छ ।

शेर्पा समुदायले नयाँ वर्षका रुपमा ग्याल्पो ल्होसार मनाउने गर्छन् । आज २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने जनाइएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन छ । शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् ।

पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ । दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ ।

तेस्रो दिन बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गरिन्छ, जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ। यसरी विविध कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

यसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ७ : १६ बजे

बूढीगण्डकीमा आएको बाढीले दुई झोलुङ्गे पुल र एक फलामे पुल बगायो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी

नवरात्रको पहिलो दिन आज शैलपुत्रीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा