२५ आश्विन २०८३, आइतबार | October 11, 2026

बूढीगण्डकीमा आएको बाढीले दुई झोलुङ्गे पुल र एक फलामे पुल बगायो



गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ । बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा टहरामा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका-३ स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ । सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।

त्यस्तै, धार्चे गाउँपालिका-५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा पानी पसेको प्रहरीले जनाएको छ ।

बाढीका कारण धार्चे गाउँपालिका-३ स्थित सल्लेरीका २० देखि २२ वटा घर जोखिममा परेका छन् । यसैगरी, आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।

बाढीबाट भएको क्षतिको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ८ : ३९ बजे

बूढीगण्डकीमा आएको बाढीले दुई झोलुङ्गे पुल र एक फलामे पुल बगायो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी

नवरात्रको पहिलो दिन आज शैलपुत्रीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा