१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि



काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रकाे आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनकाे अधिकार केन्द्रीय कमिटीलाई दिएकाे थियाे । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेकाे छ ।

अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।

माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : ३६ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ