१६ बैशाख २०८३, बुधबार | April 29, 2026

भाडा समायोजन नगरेर यातायात व्यवसायी आफैले भाडा बढाउने चेतावनी



काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपनि सार्वजनिक यातायातको भाडा समायोजन गर्न बेवास्ता गरेको भन्दै यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल-पेट्रोलको मूल्य लगातार बढाएर नयाँ रेकर्ड कायम हुँदा समेत भाडा समायोजन गर्न सरकारले बेवास्ता गरेको भन्दै यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले बेवास्ता गरे आफैंले भाडा समायोजन गरेर उठाउने चेतावनी दिएको हो । सरकारले बिहीबार राति मात्रै एकैपटकमा पेट्रोल र डिजलमा ५/५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

७ महिना अघि सरकारले सार्वजनिक सवारीको भाडा बढाएको थियो । गत असारमा मुल्य समायोजन गरे यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर २५ रुपैयाँले बढिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । असारमा मन्त्री स्तरिय निर्णयबाट पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो ।

लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गरेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पेट्रोलियमको मूल्य समायोजनको समयको तुलनामा प्रतिलिटर २५ रुपैयाँ महँगिएकाले गाडी भाडाबाट लागत उठ्न नसक्ने बताए ।

भाडामा ३५ प्रतिशत भार डिजल-पेट्रोलको हुने र त्यही चिज २५ रुपैयाँ महंगो हुँदा पुरानो दरमा गाडी चलाउन नसकिने सिटौलाको भनाइ छ ।

निगमले अझै महिनामा ५ अर्ब घाटा देखाएर पुनः भाडा बढाउने पूर्व संकेत गरेका कारण सरकारले भाडा समायोजन को विकल्प नरहेको उनले बताए ।

पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धि दसबैको मार सर्वसाधारणलाई नै पर्ने निश्चित छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ०८ बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस