८ पुस २०८२, मंगलबार | December 23, 2025

पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु



पर्वत । स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रबारदेखि त्रुटि सच्याउन सुरु भएको छ । निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गरे । एक हप्ताको अवधिमा विवरण सच्याउन नआउनेले पछि विवरण सच्याउने मौका नपाउने उनको भनाइ थियो ।

राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकारलगायतको सहभागितामा निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक र कार्यालयको निर्वाचन लक्षित तयारीका बारेमा शुक्रबार एक कार्यक्रम गरेर जानकारी दिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा एक लाख २३ हजार १८५ मतदाताको विवरण सार्वजनिक भएको छ । विसं २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।

अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८८५ बढी मतदाता देखिन्छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुद्ध नामावली, स्वच्छ निर्वाचन भन्ने मूलमर्मलाई ख्याल गर्नुपर्ने बताए । निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा, सवारी साधनको व्यवस्थालगायत तयारी सुरु भइसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ४० बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको