१६ बैशाख २०८३, बुधबार | April 29, 2026

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा



बागलुङ । नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । २०७५ वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत् टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ-एलटिइसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए ।

यसभन्दा सोलार सेटमार्फत् टावर सञ्चालनमा थियो । हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो । अब भने विद्युत जडान भएसँगै समस्या हटेको छ ।

बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरि आफनो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका-९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिए ।

समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाईंमा अवस्थित पर्यटकीयस्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनका लागि ढोरपाटन नगरपालिका-८ को बोबाङमा रिपिटर स्टेशन राखी माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा सञ्चालन गरिएको छ ।

अब कपिलवस्तु सालझण्डी देखि ढोरपाटन सम्मको सडक अन्तर्गत बोबाङ देखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्ष सम्मका भूभागमा मोबाइल सेवा पुगेको ढोरपाटन नगरपालिका-९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।

फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।

ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकावासीले यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त मोबाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ३५ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात