२० श्रावण २०८३, बुधबार | August 6, 2026

सम्झौताअनुसार घोराही-तुलसीपुर सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी



बुटवल । निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको छ ।

सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ ।

यो सडक निर्माण असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सम्पन्न भैसक्नु पर्ने थियो । सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्तीय प्रगति १४ प्रतिशत र भौतिक प्रगति सात प्रतिशत मात्र छ ।

सडक निर्माण नहुँदा जिर्ण बनेको सडक खण्डमा दुर्घटनाका कारण डेढ दर्जन नागरिकले ज्यान गुमाइसकेका छन् भने थुप्रै भौतिक क्षति भएको छ । अझै पनि ठेकेदार कम्पनीको बाटो कुर्ने हो भने थप जनधनको क्षति हुने आयोजनाको भनाइ छ । आयोजनाका प्रमुख अर्जुन बमले ठेक्का तोड्ने प्रक्रिया सुरु गइसकेको र यसका लागि सुरुमा स्पष्टिकरण सोधिने बताए । ‘पटक पटक काम गर्छु भन्दै ढिलासुस्ती गरेकाले अब ठेक्का तोड्नुको विकल्प छैन,’ उनले भने ।

सडक आयोजनाले ठेकेदार कम्पनीसँग पेश्की रकम फिर्ता लिने प्रक्रिया समेत थालेको छ । आयोजनाले रकम फिर्ता लिन खोजेपछि निर्माण कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अदालतले आयोजनाकै पक्षमा अन्तरिम आदेश दिएको छ ।

पेश्की रकम फिर्ता लिन सकिने भनेर अदालतबाट अन्तरिक आदेश आएसँगै सडक सुधार तथा विकास आयोजना निर्देशनालयले नेपाल बंगलादेश बैंकको कालीमाटी शाखामा पेश्की रकम फिर्ताका लागि पत्र पठाएको छ ।

आयोजना प्रमुख बमले पेश्कीस्वरुप १२ करोड रुपैयाँ दिएको र दुई करोडको भुक्तानी भैसकेकाले १० करोड रुपैयाँ फिर्ता लिने प्रक्रिया सुरु भएको बताए । यो सडक निर्माण कार्यका लागि भारतीय एक्जिम बैंकले सवा अर्ब रुपैयाँ सहयोग गरेको छ ।

संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो । पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८।१९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये पनि १४।४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने बताइएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ११ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको