१६ बैशाख २०८३, बुधबार | April 29, 2026

रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व



रसुवा । रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोउल्लासका साथ तिर पर्व मनाएका हुन् ।

नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन जिल्लाको उत्तरी भेग बृद्घिम, टिमुरे, लाङटाङ लगायतका स्थानमा तिर पर्व मनाइन्छ । तामाङ संस्कृतिको भेषभुषा पहिरनमा गत वर्ष जस्तै यो वर्ष पनि तिर हानेर यो पर्व मनाएको गोसाइकुण्ड गाउँपालिका ३ लिङलिङका स्थानीय कैसाङ तामाङले बताए ।

वर्षौदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए । यो पर्वमा गाँउका युवाहरुले नाँचगान गर्छन् । तिर हान्ने प्रतियोगिता नै संचालन हुन्छ । तिर हान्ने प्रतियोगितामा विजेतालाई पुरस्कृत समेत गर्ने गरिएको छ ।

आपसी मेलमिलाप र सदभाबको बिकास गर्दै गाँउमा प्राकृतिक प्रकोप, रोग ब्याधि र अनिकाल नपरोस भनि गाँउका सबै जना भेला भई पुजा आजा गरि यो पर्व मनाउने गरिएको समेत उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २० बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात