१४ असार २०८३, आइतबार | June 28, 2026

म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित



काठमाडौं । केबिन डे ब्रुयने र रियाद मेहरेज चम्किएपछि इग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४-१ अन्तरको जित निकालेकाे हाे ।

पहिलो हाफमा २-१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दै शीर्ष स्थानमा बलियो रह्यो ।

केभिनले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीको अग्रता बनाए । जाडोन सान्चोले २२ औँ मिनेटमा गोल गर्दा भ्रमणकारी टोली युनाइटेड खेलमा फर्कियो ।

२८ औँ मिनेटमा पुनः केभिनले गोल गर्दै दोस्रो पटक अग्रता लिए । यसपछि खेलको ६८ र ९० औँ मिनेट रियादले गोल गरेपछि सिटीले प्रभावशाली जित निकाल्यो ।

जितसँगै सिटीले पुनः तीन अंकको अग्रता लिएको छ । २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ ।

पराजित युनाइटेड भने २८ खेलबाट ४७ अंकसहित पाँचौ स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा घरेलु टोली वाट्फोर्डमाथि ३-२ अन्तरको रोमान्चक जित निकाल्दै आर्सनल शीर्ष चारमा उक्लियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ३६ बजे

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम

बेलिङघम र केन चम्किँदा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,