६ श्रावण २०८३, बुधबार | July 22, 2026

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब



काठमाडौं । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयोजन गर्न सरकारलाई दबाब दिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । उनले सरकारले भाडा नबढाएमा आफैं भाडा बढाएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

व्यवसायीले इन्धनमा भएको मूल्यवृद्धिले व्यवसाय टिकाउन समेत गाह्रो भएको जनाउँदै मूल्य वृद्धिअनुसार सार्वजनिक सवारीको भाडा बढाउन पाउनुपर्ने जनाएका छन् । व्यवसायीले कोरोनाले लामो समय मारमा परेर बिस्तारै उठ्न लाग्न फेरि बढ्दो इन्धनको मूल्यले बैंकको किस्ता बुझाउन कठिन भएको बताएका छन् ।

व्यवसायीले भाडा वृद्धि गर्न माग गर्दै आए पनि सरकारले भने भाडा वृद्धि गरेको धेरै नभएको भन्दै अहिले नै हतार गर्न नहुने जनाएको छ । सरकार अहिले नै भाडा वृद्धि गर्ने पक्षमा नदेखिएपछि व्यवसायीले भने आन्दोलनको चेतावनी दिएका छन् । व्यवसायीले सरकारलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको जनाउँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रने जनाएका छन् ।

गत असारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बिदाई हुँदै गर्दा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २८ प्रतिशतसम्म भाडा बढाएका थिए ।

नेम्वाङले मन्त्रीस्तरीय निर्णय गर्दै यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेका थिए । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो ।

उपभोक्ताकर्मी प्रयोगकर्तालाई मारमा पर्नेगरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गर्न नहुने बताउँदै आएका छन् भने हालै मात्र वृद्धि गरिएको भाडा पुनः बढाउन नहुने बताउने गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बाँनियाले नेपाल आयल निगमले घाटामा रहेको भन्दै पटक पटक पेट्रोलियम पदार्थ वृद्धि गर्नुभन्दा पनि सरकारले पेट्रोलियम पदार्थमा लगाएको महँगो कर घटाएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने बताएका छन् । सरकारले प्रतिलिटर पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा ५८ रुपैयाँ कर लिने गरेको पाइएको छ ।

नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्य वृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । व्यवसायीले सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत बढी रहेको बताएका छन् । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ०१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क