८ पुस २०८२, मंगलबार | December 23, 2025

काउलेपानीमा लालीगुराँस प्याकेज



लमजुङ । लमजुङको बेसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देववहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो । वनमा लालीगुरास लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकोले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ ।

काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन् । विशेष गरेर स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेको उनले बताए । सन् २०११ मा काउलेपानीमा घरबास कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८४ बेड छ ।

समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । शाहबंसिय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देबीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रुपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ ।काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागी प्याकेजको व्यवस्था गरिएको छ ।

काउलेपानीमा १२ महिने पर्यटकहरुको मन लोभ्याउने प्रशस्तै रमणियस्थल अनि मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काउलेपानीमा चैत्र र बैशाखमा काफल र ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाई प्याकेज र साउनमा कोदो रोपाई प्याकेज रहेका छन् । यसैगरी भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मसिरमा दाँइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । लमजुङको सदरमुकाम वेसीशहरबाट मोटरमा करिव ८ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी पैदलयात्राबाट डेढ घण्टामा पुग्न सकिन्छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ३८ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको