१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

वायुसेवा निगमलाई साउदी अरेबियाको उडान अनुमति



काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो ।

उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गरेका थिए । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं-रियाद-काठमाडौं सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ ।

यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्न थालेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : १८ बजे

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा