८ चैत्र २०८२, आइतबार | March 22, 2026

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज साँझ टर्की भ्रमणमा जाँदैछन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुकाे निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् ।

२७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा परराष्ट्रमन्त्री खड्काकाे भ्रमण हुन लागेकाे हाे । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता रहने छ । यस वर्षको वार्षिक फोरमको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ३१ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ