१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

धादिङमा ९ केजी गााँजासहित दुई जना पक्राउ



धादिङ । धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट करिब ९ किलोग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग।१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथमा गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका–३ स्थित सडकबाट करिब २५ किलोग्राम गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त लागूऔषध २ जना अपरिचित ब्यक्तिहरुले भारततर्फ लैजाँदै गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ उनीहरु गाँजा छोडेर फरार भएका थिए ।

हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : २१ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’