१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित



झापा । सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न नसक्दा ट्रक व्यवसायी आन्दोलित भएका छन् । सरकारी निकायको बेवास्ताका कारण ट्रक व्यवसायी पलायन हुने अवस्थामा पुगेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले बिहीबारदेखि ट्रक ग्यारेजमै थन्क्याउने बताएका छन् । ‘सरकारले डिजेल प्रतिलिटर ८० रुपैयाँ हुँदा भाडा दर तोकेको छ । अहिले डिजेलको प्रतिलिटर १३० रुपैयाँ पुग्दा पनि सरकारले भाडादर बढाउँदैन,’ ट्रक व्यवसायी नरेन्द्र खत्री भन्छन्, ‘अब व्यवसाय गर्न नसक्ने अवस्थामा पुग्यौँ ।’

व्यवसायी रामकुमार लिम्बूले सरकारले तोकेको भाडादर नै कार्यान्वयन हुन नसकेको बताए । लगातार डिजेलको मूल्य बढ्दा अप्ठेरोमा परेको उनको भनाइ छ । ‘हामी त ट्रक बेच्ने अवस्थामा पुग्यौँ,’ उनी भन्छन्, ‘कि सरकारले भाडादर हेरिदियोस् । कि त चाबी लिओस् ।’ सरकारले भाडा दर हेरफेर नगरेसम्म बिहीबारदेखि ढुवानीका ट्रक नचल्ने उनले बताए ।

ढुवानीका विदेशी ट्रकका कारण समस्या भएको ट्रक व्यवसायी राम राई बताउँछन् । ‘सरकारले भारतीय ढुवानीका सवारीलाई भन्सारदेखि अरू ठाउँ जान दिएन । भारतीय ढुवानीका साधनले हामीले काम पाएनौँ,’ उनी भन्छन्, ‘भारतीय सवारीले सप्तरी, सिरहादेखि इँट्टा पनि लिएर आउँछन् । उनीहरूले २१ टनसम्म बोक्दा पनि ट्राफिकले केही गर्दैन । हामीले ३० हजारसम्म जरिवाना तिरेका छौँ ।’

ट्रक व्यवसायीले पाउने भाडा भन्दा धेरै ढुवानीको खर्च उठ्ने गरेको ट्रक व्यवसायी सुवास कार्की बताउँछन् । जसकारण घरजग्गा बेच्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ छ । ‘एकपटक काठमाडौँ जाँदा भाडा ६० हजार आउँछ । तर, खर्चचाहिँ ९० हजारसम्म हुन्छ । ६० हजारको त तेल नै लाग्छ,’ उनी भन्छन्, ‘इन्डियन गाडी रोकन भने हामी ट्रक राख्न सक्दैनौँ । भारतीय गाडीलाई भन्सारबाटे फर्काइनुपर्छ ।’

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै भाडादर पनि बढाउनुपर्ने व्यवसायी तेजप्रसाद लामिछाने बताउँछन् । ‘तेलको मूल्य बढ्दा भाडा बढाइनुपर्छ । नभए महँगोको तेल लगाएर सस्तो भाडाको सामान बोक्न सक्दैनौँ,’ उनी भन्छन्, ‘भाडा बढाएर मात्र हुँदैन । कार्यान्वयन पनि गर्नुपर्छ ।’

भाडादर कम हुँदा ट्रकले पाएको बेलामा क्षमताभन्दा धेरै सामान बोक्नुपर्ने बाध्यता छ । तर, ट्राफिकले बारम्बार दुःख दिने गरेको ट्रक चालक उमेश चौधरी बताउँछन् । ‘भाडा नै कम्ती छ । खर्च गरेर कसरी थोरै पैसा भए पनि बचाएर साहुलाई दिनु भन्ने हुन्छ,’ उनी भन्छन्, ‘पाएको बेलामा अलिक धेरै सामान बोक्छौँ । ट्राफिकले चिट काट्ने भन्दै दुःख दिन्छ । कहिलेकाहीँ त एकै ट्रिपमा दुईपटकसम्म चिट काट्नुपर्छ ।’

सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि आन्दोलित बन्नुपरेको ट्रक व्यवसायीको भनाइ छ । ट्रक व्यवसायी प्रभातभूषण दाहालले बिहीबारबाट मालवाहक सवारी बन्द गर्ने बताए । मालवाहक ट्रकले १० टन मात्र सामान ढुवानी गर्न पाउँछ । यातायात व्यवस्था विभागले ७ असोज ०७५ देखि तोकेको भाडा दरअनु्सार तराईमा प्रति किलोमिटर ४ रुपैयाँ ८८ पैसा र पहाडमा ९ रुपैयाँ ९५ पैसा लिन पाउनेछन् । तर, यो दर कार्यान्वयन नहुँदा जथाभावी भाडा लिने गरेका छन् । जसकारण घाटा खाएर भए पनि नेपाली ट्रक व्यवसायीले ढुवानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ०८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित