२ असार २०८३, मंगलबार | June 16, 2026

प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट, व्यापार र लगानी अभिवृद्धिमा जोड



काठमाडौं । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा छलफल भएको छ । भविष्यमा सञ्चालन गर्नसकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले छलफल गरेको छ ।

नेपाल–फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष रियोतोँले राजनीति र जलवायु परिवर्तनका प्रभावको सामना गर्न नेपालका महिलाहरूको सहभागिता बढाएकामा नेपालको प्रशंसा गर्दै दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्नो चाहना व्यक्त गरेका थिए ।

आजै उक्त प्रतिनिधिमण्डलले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट ग¥यो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मैत्रीलाई सुदृढ बनाउन संसदीय मैत्री समूहले गरेको योगदानको सराहना गर्दै फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गरेकामा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो । उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रूपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैँ प्रेरणादायी रहेको बताए ।

पारस्परिक सद्भाव र समझदारीमा आधारित नेपाल र फ्रान्सबीचको सम्बन्ध उच्चस्तरीय भ्रमणको आदान–प्रदानबाट अझ प्रगाढ हुने बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा फ्रान्सले कोभ्याक्स सुविधामार्फत खोप अभियानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

अध्यक्ष रियोतोँले दुई देशबीचको सहयोग र सहकार्यलाई अझ सघन तुल्याउन प्रयास गर्ने आश्वासन दिँदै नेपालमा तीनवटै तहका सरकारको सम्बन्ध र सहकार्य बारे जिज्ञासा राखेका थिए ।

दुवै भेटमा अध्यक्ष रियोतोँका साथ समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर तथा नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओको पनि उपस्थिति थियो ।

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : ४९ बजे

भित्ते चित्रमा झल्कियो बुटवलको इतिहास, संस्कृति र गौरवगाथा (फोटो फिचरसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाअन्तर्गत लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) को

उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र

स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।