१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

ग्लोबल आइएमई बैंकको शाखा कटारीमा



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेकोे छ ।

मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयाश कार्कीले संयुक्तरुपमा शाखाको औपचारिक उद्घाटन गरेका छन् ।

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : ५६ बजे

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र लालीबजार को प्रदर्शनमा उच्च अदालत पाटनले तत्कालका

संविधान संशोधनको तयारी तीव्र, कार्यदलद्वारा कानुनविद्सँग परामर्श

काठमाडौं । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ मार्फत

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका-११ भिमटारका बाटुले माझी ४५ वर्षको

संसद् स्थगित गरेको सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं । संसद् अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरेर सरकारले

मुस्ताङमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा