लमजुङ । लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी उपचार खोज्ने सहमति भएपछि राति ९ बजे निषेधाज्ञा हटेको हो ।
लमजुङ क्षेत्रमा निषेधाज्ञा जारी भएपछि पीडित पक्षले बाइसजाँगरमा टायर बालेर प्रदर्शन गर्दै दिनभर सडक अवरुद्ध पारेका थिए । तनहुँको भानु नगरपालिका-९, बाइसजाँगर घर भइ लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा ज्यान गएपछि तनाव सिर्जना भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार सहमतिअनुसार घटनाको सूक्ष्म तरिकाले गम्भीर अनुसन्धान हुने, शव पोस्टमार्टम गर्ने, प्रहरीमा पीडितले लिखित जाहेरी दिनेछन् । यसअघि नियन्त्रमा लिइएका फ्युचर स्टार आवासीय माविका वार्डेन सरोज ओलिया र एक जना विद्याथीलाई प्रहरी नियन्त्रणमै राख्ने र संचालक बाबुराम पौडेललाई निगरानीमा राख्ने प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया