७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्जमा अत्याधुनिक नगर भवन बन्दै



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ ।

टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा जानकारी दिए।

उपमहानगरपालिकाले १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले बताए । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले जानकारी दिए।

उनका अनुसार बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ । तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुने छ । अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ । पार्किङमा १४ चारपाङ्ग्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । -रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : ३९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११