२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

सातौं नेपाल-पाकिस्तान टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न



काठमाडौं । सातौं नेपाल पाकिस्तान टी-२० क्रिकेट प्रतियोगिताको उपाधी आरएस विद्याथ क्रिकेट क्लबले हात पारेको छ ।

९ दिनसम्म जारी प्रतियोगिताको उपविजेता नेक्सस क्रिकेट क्लब बनेको छ । बिहीबार पाकिस्तानी राजदूतावासले प्रतियोगिताको समापन/पुरस्कार वितरण समारोह आयोजना गरेको छ ।

प्रतियोगितामा विभिन्न नेपाली क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो । समापन कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी, नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलाका र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंह रहेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै सचिव थपलियाले नेपालका लागि पाकिस्तानी दूतावासले वार्षिक रुपमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने गरेकोमा दूतावासले प्रशंसा गरे । उनले खेलकुद कार्यक्रमको माध्यममार्फत नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रचुर सम्भावना रहेको जिकिर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानका राजदूत सैयद हैदर शाहले उनले प्रतियोगिता नेपाल र पाकिस्तानबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको बताए । उनले दुई देशका युवाहरूलाई एक ठाउँमा ल्याउन र पाकिस्तान र नेपालबीचको जनस्तरको सम्पर्कलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : २८ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा