८ बैशाख २०८१, शनिबार | April 20, 2024

सातौं नेपाल-पाकिस्तान टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न



काठमाडौं । सातौं नेपाल पाकिस्तान टी-२० क्रिकेट प्रतियोगिताको उपाधी आरएस विद्याथ क्रिकेट क्लबले हात पारेको छ ।

९ दिनसम्म जारी प्रतियोगिताको उपविजेता नेक्सस क्रिकेट क्लब बनेको छ । बिहीबार पाकिस्तानी राजदूतावासले प्रतियोगिताको समापन/पुरस्कार वितरण समारोह आयोजना गरेको छ ।

प्रतियोगितामा विभिन्न नेपाली क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो । समापन कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी, नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलाका र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंह रहेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै सचिव थपलियाले नेपालका लागि पाकिस्तानी दूतावासले वार्षिक रुपमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने गरेकोमा दूतावासले प्रशंसा गरे । उनले खेलकुद कार्यक्रमको माध्यममार्फत नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रचुर सम्भावना रहेको जिकिर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानका राजदूत सैयद हैदर शाहले उनले प्रतियोगिता नेपाल र पाकिस्तानबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको बताए । उनले दुई देशका युवाहरूलाई एक ठाउँमा ल्याउन र पाकिस्तान र नेपालबीचको जनस्तरको सम्पर्कलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : २८ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा