१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, को-को छन् पदाधिकार दौडमा ?



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ ।
निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसको छन् ।

निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापा (थापा) ले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ता आज साँझ ५ बजे सम्म जारी रहने छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन् ।

बिहीबार अबेर सम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत छन् ।

महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन् । सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन् ।

महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् । महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन् । मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन् ।

युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् । संघको नयाँ नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गराउने जिम्मा अष्ट्रेलियन कम्पनीले जिम्मा लिएको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ४६ बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी