१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

साकेलामा सहिद स्तम्भ पार्क निर्माण



खोटाङ । खोटाङको साकेला गाउँपालिकाले सहिद स्तम्भ पार्क (उद्यान) निर्माण गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका ७३ जनाको सम्मान र सम्झनामा साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क निर्माण गरिएको हो ।

प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्ष विनियोजित १५ लाखको खर्चमा गाउँपालिकाले सहिद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताले सेल्टरका रुपमा प्रयोग गरेको तावाभञ्ज्याङमा सहिद पार्क निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए । पार्कमा खोटाङका जनयुद्धका प्रथम सहिद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सहिद मनोज जोशीको नाम उल्लेख गरिएको छ ।

माओवादीको सुरक्षित सेल्टर मानिएको तावाभञ्ज्याङ नजिकै पाँचधारेमा ८ असार २०६२ मा सुरक्षाकर्मीसँग दोहोरो भिडन्त भएको थियो । सो भिडन्तमा माओवादीका कम्पनी कमाण्डर सर्वधान राई ‘अग्नि’सहित १० जना र नेपाली सेनाका १३ जना जवानले ज्यान गुमाएका थिए । देश र जनताका लागि आफ्नो ज्यान बलिदान दिने सहिदको सम्मान एवं पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवर्द्धनका लागि सहिद स्तम्भ पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

सहिद पार्क निर्माणस्थलको दायाँबायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा चियाका आठ हजारबिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : २७ बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी