१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

रुपन्देहीमा ९४ मतदान केन्द्र थपिँदै, दाबी विरोधको समयावधि सकियो



भैरहवा । आगामी ३० वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा ७०४ वटा मतदान केन्द्र निर्धारण भएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले २०८ मतदान स्थल तोकेको हो । ती मतदान स्थलमा गत चुनावभन्दा ९४ वटा मतदान केन्द्र थपिन लागिएको छ ।

२०७४ सालमा भएको चुनावमा जिल्लामा पाँच लाख ३७ हजार १२१ मतदाता रहेका थिए । यस आर्थिक वर्षदेखि २४ माघसम्म मात्र कार्यालयले ९९ हजार १४४ जनाले फोटोसहितको मतदाता नामावली संकलनको गरेको थियो ।

कार्यालयले मतदाता नामावली विशेष कार्यक्रमअन्तर्गत दुई चरणमा जिल्लाका १४ वटा पालिकाबाट ४० हजार १३८ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ भने निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट ५९ हजार ६ जनाको नाम दर्ता भएको कार्यालयका कम्प्युटर अपरेटर ९शाखा प्रमुख० विनोद भट्टराईले जानकारी दिए ।

हाल ६ लाख ३४ हजार ७९७ जना मतदाता छन । २०७४ मा भएको चुनावमा पाँच लाख ३७ हजार १२१ मतदाता रहेकामा अगामी चुनावका लागि ९७ हजार ६७६ मतदाता थपिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।

अगामी निर्वाचनका लागि २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदानमा भाग लिन पाउने छन् । मतदाता नामावली दर्ता नागरिकताको आधारमा भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनु पर्छ ।

यसअघिको प्रदेश एवम प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० वटा मतदान केन्द्र रहेको थियो । मतदाताको संख्या बढेकोले मतदान केन्द्र थपिएको छ ।

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतसहित १६ वटै पालिकामा निर्वाचन अधिकृत तोकिने प्रक्रियामा छ । सार्वजनिक भएको मतदाताको दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन २०–२६ फागुनसम्म जिल्लाका सबै स्थानीय तहमा पठाएका छौँ, बिहीबार यो समयावधि पनि सकिएकाले हामीले तथ्यांक आयोग पठाउँछौ, आयोगले अन्तिम नामावली पठाउँछ निर्वाचन कार्यालय प्रमुख भण्डारीले भने ।

दाबी विरोधपछिको मतदाता संख्या नै अन्तिम हुनेछ । एउटा मतदान केन्द्रमा करिब पाँच हजार मतदाता संख्या कायम गरिन्छ । सोहीअनुसार मतदान केन्द्रको टुंगो लगाउने कार्य हुने गरेको छ । निर्वाचनलाई लक्षित गरी यसपटक इलेक्ट्रोनिक माध्यमको प्रयोग गरी प्रचारप्रसार गरिने, त्यस्तै इन्टरनेटमा आधारित विद्युतीय माध्यमबाट निर्वाचनबारेमा जनचेनतामूलक र शिक्षामूलक सामग्री प्रसारण र प्रकाशन र सामाजिक सञ्जाललाई बढी जोड दिइनेछ । त्यस्तै मोबाइल, रेडियो, टिभीमार्फत पनि प्रचारप्रसार गरिने कार्यालयले जानकारी दिएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा बढी मतदाता बुटवल उपमहानगर पालिकाको वडा नम्बर ११ मा १६ हजार २४८ जना छन् । लुम्बिनी वाणिज्य क्याम्पस मतदान स्थल रहेको उक्त वडामा १६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जनाए ।

यस्तै जिल्लामा सबैभन्दा कम मतदाता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा ९१३ जना छन् । भैरहवा उच्च मावि मतदान स्थल रहेको सो वडाको लागि एकवटा मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ४९ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात