११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँ प्रहरीको नियन्त्रणमा



तनहुँ । एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजरलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले पुष्टि गरे । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘अनुसन्धानका लागि उहाँलाई पनि नियन्त्रणमा लिएका हौं’, उनले पुष्टि गर्दै भने ।

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करणी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०५ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि