१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँ प्रहरीको नियन्त्रणमा



तनहुँ । एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजरलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले पुष्टि गरे । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘अनुसन्धानका लागि उहाँलाई पनि नियन्त्रणमा लिएका हौं’, उनले पुष्टि गर्दै भने ।

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करणी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०५ बजे

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा