१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु



चितवन । चितवनको ईच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ईच्छाकामना २ का ३४ वर्षीय रविन गुरुङ‚ ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । रविन मोटरसाइकल चलाइरहेका थिए भने तृप्ती र आर्यन पछाडि सवार थिए ।

रविनले चलाएको प्रदेश २-०३-००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काले बताए । शुक्रबार साँझ भएको दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

उनका अनुसार तृप्ति र आर्यन आमाछोरा हुन् । रविन उनीहरुका आफन्त हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : ०४ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित