१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बंगलादेशले सनी लियोनीलाई दिएन ‘वर्क परमिट’



काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’ दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ ।

सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । सनीको ‘वर्क परमिट’लाई मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ बंगलादेशले दिन अस्वीकार गरेको छ । अस्वीकारबारे विस्तृत कारण खुलेको छैन । तर, बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन् । उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । यो फिल्मको निर्देशन शमीम अहमद रोनीले गरिरहेका छन् । बंगलादेश सरकारले सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’ दिइसकेको छ ।

यसअघि सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन । एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने योजना बनाएकी सनीलाई त्यहाँका इस्लामिक समूहले विरोध गरेपछि ‘वर्क परमिट’ पाएकी थिइनन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : ४२ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,