१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नेवा: सेवा समितिको १३ औं वार्षिक साधारण सभा सम्पन्न, खबरकुराका प्रबन्ध सम्पादक कर्माचार्य पुरस्कृत



बुटवल । श्री नेवा: सेवा समितिको १३ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका जनश्रोत तथा उर्जा तथा सिचाई राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठले उद्घाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले संस्कृतिका धनि नेवारहरुकै कारण नेपालको अन्तराष्ट्रिय मन्चमा पहिचान भएको बताए । उनले नेपाल धेरै जातजाती र धर्मावलम्बीहरुको साझा फुलबारी भएको दाबी गर्दै यसमा नेवार समुदायको छुट्टै महत्व रहेको बताए ।

कार्यक्रममा बोल्दै गुल्मीका प्रदेश साँसद कमल प्रसाद श्रेष्ठले नेवारी संस्कृति बिना नेपालको पहिचान अधुरो हुने दाबी गरे । उनले नेवारहरुको आफ्नै संस्कृति, भाषा, लिपि र सम्वत भएको भन्दै यसको जगेर्नामा सरकारको पहल आवश्यक रहेको बताए । नेपाल सम्वतलाई सरकारी सम्वत घोषणा गर्नुपर्ने समग्र समुदायको माग रहेको उनको भनाई छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष चिरञ्जीवी श्रेष्ठले देशका विभिन्न भागबाट बसाईसराई गरेर बुटवल झरेका नेवारहरुको बाहुल्यता रहेको क्षेत्रमा सबैलाई एकतावद्ध गराउन आफुले सानो पहल थालेको बताए । एकीकृत धारणा र एकीकृत कार्यक्रम आउन नसक्दा नेवा परम्परा र संस्कृति लोप हुने डर भएको भन्दै उनले यसमा सबैको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा नेवा दय देबुका केन्द्रीय सदस्य महेन्द्र लिगलले नेपालमा विभिन्न स्थानमा रहेका नेवाहरु एकताबद्ध हुन नसक्दा पेशा ब्यवसायबाट बाहिरिनुपरेको दुखेसो गरे ।

नेवा पुच, नेवा सेवा विकास परिषदका अध्यक्ष काजिमान श्रेष्ठले समुदायबाट स्थापित भएका एक दर्जन बढी संस्थाहरु यस क्षेत्रमा क्रियाशिल रहेको बताए । संस्कृतिका धनी, सभ्यताका पुजारी नेवाहरुलाई राज्यबाट पाउनुपर्ने अधिकारबाट अझै पनि बन्चितीमा परेको बताए ।

संस्थामा साधारण १ सय ८४ र आजिवन ५४ जना गरि २ सय २२ जना सदस्यहरु छन ।

कार्यक्रममा संस्थाका सचिव डिल्ली कुमार श्रेष्ठ, महिला समितिका सचिव तारा श्रेष्ठ, समाजसेवी राजेन्द्र ढकाल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले समाज, देश विकासमा नेवार समुदायको योगदानको प्रशंसा गरेका थिए ।

यसैबिच संस्थाको गतिविधिलाई संचारमाध्यमबाट प्रकासनप्रशारण गरेर मिडिया क्षेत्रबाट योगदानको मुल्याकन गर्दै खबर कुराका प्रबन्धसम्पादक शरण कर्माचार्यलाई नगदसहित सम्मानपत्र तथा संस्थालाई निरन्तर संचार क्षेत्रबाट सहयोग गरेको भन्दै कान्तिपुर टिभी तथा बुटवलटुडेका पत्रकार स्वस्तिक श्रेष्ठलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम