१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

नेवा: सेवा समितिको १३ औं वार्षिक साधारण सभा सम्पन्न, खबरकुराका प्रबन्ध सम्पादक कर्माचार्य पुरस्कृत



बुटवल । श्री नेवा: सेवा समितिको १३ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका जनश्रोत तथा उर्जा तथा सिचाई राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठले उद्घाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले संस्कृतिका धनि नेवारहरुकै कारण नेपालको अन्तराष्ट्रिय मन्चमा पहिचान भएको बताए । उनले नेपाल धेरै जातजाती र धर्मावलम्बीहरुको साझा फुलबारी भएको दाबी गर्दै यसमा नेवार समुदायको छुट्टै महत्व रहेको बताए ।

कार्यक्रममा बोल्दै गुल्मीका प्रदेश साँसद कमल प्रसाद श्रेष्ठले नेवारी संस्कृति बिना नेपालको पहिचान अधुरो हुने दाबी गरे । उनले नेवारहरुको आफ्नै संस्कृति, भाषा, लिपि र सम्वत भएको भन्दै यसको जगेर्नामा सरकारको पहल आवश्यक रहेको बताए । नेपाल सम्वतलाई सरकारी सम्वत घोषणा गर्नुपर्ने समग्र समुदायको माग रहेको उनको भनाई छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष चिरञ्जीवी श्रेष्ठले देशका विभिन्न भागबाट बसाईसराई गरेर बुटवल झरेका नेवारहरुको बाहुल्यता रहेको क्षेत्रमा सबैलाई एकतावद्ध गराउन आफुले सानो पहल थालेको बताए । एकीकृत धारणा र एकीकृत कार्यक्रम आउन नसक्दा नेवा परम्परा र संस्कृति लोप हुने डर भएको भन्दै उनले यसमा सबैको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा नेवा दय देबुका केन्द्रीय सदस्य महेन्द्र लिगलले नेपालमा विभिन्न स्थानमा रहेका नेवाहरु एकताबद्ध हुन नसक्दा पेशा ब्यवसायबाट बाहिरिनुपरेको दुखेसो गरे ।

नेवा पुच, नेवा सेवा विकास परिषदका अध्यक्ष काजिमान श्रेष्ठले समुदायबाट स्थापित भएका एक दर्जन बढी संस्थाहरु यस क्षेत्रमा क्रियाशिल रहेको बताए । संस्कृतिका धनी, सभ्यताका पुजारी नेवाहरुलाई राज्यबाट पाउनुपर्ने अधिकारबाट अझै पनि बन्चितीमा परेको बताए ।

संस्थामा साधारण १ सय ८४ र आजिवन ५४ जना गरि २ सय २२ जना सदस्यहरु छन ।

कार्यक्रममा संस्थाका सचिव डिल्ली कुमार श्रेष्ठ, महिला समितिका सचिव तारा श्रेष्ठ, समाजसेवी राजेन्द्र ढकाल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले समाज, देश विकासमा नेवार समुदायको योगदानको प्रशंसा गरेका थिए ।

यसैबिच संस्थाको गतिविधिलाई संचारमाध्यमबाट प्रकासनप्रशारण गरेर मिडिया क्षेत्रबाट योगदानको मुल्याकन गर्दै खबर कुराका प्रबन्धसम्पादक शरण कर्माचार्यलाई नगदसहित सम्मानपत्र तथा संस्थालाई निरन्तर संचार क्षेत्रबाट सहयोग गरेको भन्दै कान्तिपुर टिभी तथा बुटवलटुडेका पत्रकार स्वस्तिक श्रेष्ठलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ५० बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी