२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

खानेपानी निर्माण तथा उपभोक्ता समिति नहरपुरको साधारण सभा सम्पन्न



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति नहरपुरको आठौं साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष आशिष सुर्यवंशीको अध्यक्षतामा भएको साधारण सभामा बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा बोल्दै उप प्रमुख आचार्यले संविधानतह व्यवस्था भएको आधारभुत खानेपानी उपलब्ध गराउने स्थानिय तहको दायित्व अनुरुप सबै उपभोक्ताहरुलाई आधारभुत खानेपानी सहज रुपमा उपब्ध गराउने नगरपालिका दायित्व भएको भन्दै सोही अनुसारको योजना बनाएर लागू गरिएको जानकारी दिईन ।

नगरपालिकाले उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै उपभोक्ता समिति मार्फत उपभोक्ताको घरघरमा सहज, सरल र शुलभ दरमा खानेपानी उपलब्ध गराउदै आएको बताउदै उनले जे जहाँ अभाव वा कमिकमाजोरी भएको छ त्यहाँको समस्या समाधानको लागि आफुले निरन्तर पहल जारी राख्ने बताईन ।

नगरपालिकाले विकास निर्माणको कामलाई तिब्रता दिएको भन्दै उनले सोही अनुसारको योजना पुरा गर्नको लागि स्थानिय जनताको साथ र सहयोगको अपेक्षा व्यक्त गरिन् । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षत्री खनालले वडावासीहरुको समस्या नै सिंगो नगरको समस्या रहेको भन्दै समाधानको लागि आफुले निरन्तर पहल पैरवी गर्दै आएको बताए । उनले शुकुम्बासी समस्या समाधानकोलागि पुनः आयोगबाट नापजाँच जारी रहेको भन्दै आयोगको प्रतिवेदन सहित संघीय सरकारमा लालपुर्जाको लागि पहल गर्ने बताए ।

यस्तै कार्यक्रममा वडा सदस्य तथा नगर शिक्षा समिति सदस्इ नकुल शाही ठकुरी, वडा सदस्य सुष्मा आर्याल, रण बहादुर थापा, माया दर्नाल, खानेपानी डिभिजन कार्यालय योगीकुटीका प्रमुख ईन्जीनियर गुणानिधि पोखरेल, सल्लाहकार महेन्द्र भुषाल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ५५ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५