२० श्रावण २०८३, बुधबार | August 6, 2026

कालोपत्रे भएको तीन वर्ष नपुग्दै सहिद मार्गको कालोपत्रे उप्कियो



दाङ । कालोपत्रे भएको तीन वर्ष नपुग्दै सहिद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक बिग्रिएर अस्तव्यस्त भएको छ । कालोपत्र गरिएको सडकमै ठूलाठूला खाडल बनेका छन् । प्रायजसो ठाउँमा कालोपत्र नै देखिँदैन, जस्ले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

ओभरलोड भार बोकेका टिपरकै कारण सडक छियाछिया भएको स्थानीयहरुको गुनासो छ । दाङबाट रोल्पा महत हुँदै कर्णाली प्रदेशको डोल्पा पुग्ने सहिद मार्ग जनयुद्धको समयमा माओवादीले श्रम शिविरमार्फत निर्माण सुरु गरेको सडक हो ।

माओवादी सरकारमा गएसँगै सडक विस्तार र कालोपत्रको योजना अगाडि बढेको थियो । २०७५ सालमा कालोपत्र सकिएको एक वर्ष नपुग्दै यो सडकको घोराही होलेरी खण्डमा कालोपत्र उप्किएर खाडल बन्न थालेको थियो ।

एक्जीम बैंक अफ इन्डियाको सहयोगमा ४० करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक कालोपत्र गरिएको थियो । सडकको भारवहन क्षमताभन्दा धेरै क्षमताका गाडी चल्नु र निर्माण व्यवसायीले कमसल खालको निर्माण सामग्री प्रयोग गर्दा कालो पत्रे एक वर्ष नपुग्दै उप्किन थालेको स्थानीयको गुनासो छ ।

यो सडकमा दैनिक रुपमा दाङमा रहेका दुई वटा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने दुई सयभन्दा बढी टिपर गुड्ने गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : १७ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको