२५ असार २०८३, बिहिबार | July 9, 2026

हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि कमल थापा आन्दोलनमा होमिने



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनर्स्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् ।

राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे।

नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरुका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरु भएकोले यसको अन्त्यको लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल उदाएको ठोकुवा गरे ।

फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दा माथिको सफलता हासिल गरेको भन्दै थापाले राप्रपा नेपालले चाँडै राष्ट्रिय राजनीतिमा बलियो शक्तिको स्थान ओगट्ने दावी गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : २९ बजे

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास