७ आश्विन २०८३, बुधबार | September 23, 2026

श्री नेवाः सेवा समितिमा चिरन्जिवी श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित, नेवाः समुदायलाई महासंघ मोडलमा लैजाने प्रस्ताव स्विकृत



बुटवल । बुटवलमा क्रियाशिल श्री नेवाः सेवा समितिको छैठौं अधिवेशनले आगामी कार्यकालका लागि पुनः चिरन्जिवी श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार अवेर राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा बसन्ति श्रेष्ठ, उपाध्यक्षमा डिल्ली प्रसाद श्रेष्ठ, सचिवमा सारदा श्रेष्ठ, कोषध्यक्षमा दलबहादुर श्रेष्ठ र सहसचिवमा लक्ष्मण श्रेष्ठलाई निर्वाचित भएका छन् ।

६ जना कार्यसमिति सदस्य सहित सर्वसम्मत चयन गर्दै ध्रुव प्रसाद श्रेष्ठको संयोजकत्वमा विष्णुमाया श्रेष्ठ सदस्य रहेको लेखा समिति समेत चयन गरेको नवनिर्वाचित अध्यक्ष चिरन्जिवी श्रेष्ठले जानकारी दिए । अधिवेशनबाट तारा श्रेष्ठको अध्यक्षतामा महिला समिति समेत गठन गरिएको उनले बताए । श्रेष्ठका अनुसार पुरानो कार्यसमितिको केही जिम्मेवारी फेरबदल गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन प्रक्रिया सुरुहुनु अघि साधारणसभाले अध्यक्ष श्रेष्ठको प्रतिबेदन र लेखा समितिबाट प्रस्तुत २ वटा आर्थिक वर्षको आर्थिक प्रतिबेदन अनुमोदन गरेको थियो । सभाबाट बुटवलमा छरिएर रहेका नेवाः संघ संस्थाहरुलाई एकताबद्ध बनाएर महासंघको मोडलमा लैजाने प्रस्ताव पास गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज