१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

महिला हिंसाविरुद्ध लड्न आजदेखि दक्षिण एसियाली सम्मेलन



काठमाडौं । महिला हिंसा विरुद्धको आवाजलाई विश्वब्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येवद्धता जनाउन दुई दिने दक्षिण एसियाली सम्मेलन हुँदैन ।

काठमाडौंमा मंगलबारदेखि सुरु हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पु¥याउन सकिन्छ भन्नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृतलगायतका समूदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन् ।

अध्यक्ष पराजुलीले विगतको तुलनामा अहिले विश्वब्यापी रुपमा हिंसा बढ्नुका साथै तीनको स्वरुप पनि परिवर्तन भइरहेका बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरन्जन क्षेत्रमा काम गर्नेको पीडालगायतका हिंसाको सम्बोधन हुन नसकेको जनाइन् । लैंगिक हिसावले भ्रुण हत्यादेखि धर्तीमा वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उदेश्य रहेको उनले बताइन् ।

त्यसैगरि राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तराष्ट्रिय रुपमै कसरी सम्बोधन र न्युनिकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ(डब्लुएनएफ) र एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने सम्मेलनले महिला हिंसा अन्त्यका लागि सिडले गर्न नसकेको व्यवस्थालाई एक महिला महासन्धिमार्फत सम्बोधन गर्नका लागि सम्बन्धित देशका सरकारलाई घचघचाउने काम पनि सम्मलेनमार्फत गरिने डब्लुएनएफकी अध्यक्ष शशी अधिकारले बताइन् ।

सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागि हुनेछन् । लेखिका एवं गिल्ड अफ सर्भिस ट्रस्टी, भारतिय महिला अधिकारकर्मी मिरा खन्नाले पृत्तिसत्तात्मक परम्परा हाम्रो समाजमा जहितही भएकाले पनि महिला हिंसा बढेको बताउँदै महिला हिंसा भनेको महिलाप्रतिको हिंसा मात्र नभई मानव अधिकारको उल्लंघन भएकाले मानव अधिकारको उल्लंघन गरेर कुनै पनि परिवार, समाज र देश अगाडि बढ्न नसक्ने उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा एभ्री वमन संस्थाकी सीईओ लिजा स्यानोन, लैंगिक विशेषज्ञ एवं औरत फाउन्डेसनकी बोर्ड अफ गर्भनर सदस्य डा. अलिया खान, श्रीलंकाकी शान्ति अधिकारकर्मी एवं द्धन्द्ध प्रभावित महिला संघकी संस्थापक एवं अध्यक्ष विशाका धर्मदास, पूर्व सिड कमिटि सदस्य र बंगलादेशकी हेल्प एज ट्रस्टी फेरडोजअरा बेगमलगायतले महिला हिंसाका विरुद्ध एक्येवद्ध भएर आवाज उठाउन सम्मेलन सहयोगी हुने बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ४९ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित