२५ असार २०८३, बिहिबार | July 9, 2026

समृद्धिको लागि एमसीसी स्वीकारिएको होः महामन्त्री शर्मा



उदयपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन् ।

घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन ।

उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको बिरोध गर्नुको कुनै अर्थ छैन, यस्ता भ्रमको पछि नलागौँ ।

परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनु पर्नेमा जोड दिए । मुलुकमा विद्युत तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे ।
नेता शर्माले स्थानीय निर्वाचनमा जनकपुरमा गठबन्धन भयो भन्दैमा उदयपुरमा पनि हुनु पर्छ भन्ने छैन, त्यसैले गठबन्धन हुने नहुने टुंगो छैन पहिला आफ्नो नेपाली कांग्रेसलाई बजबुद बनाउन आग्रह गरे ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काग्रेस उदयपररले १ महिने अभियानका लागि ७५ वटै वडामा जिम्मेवारी तोकिएको छ । पार्टीले टिकटको लागि माथिबाट हस्तक्षेप गर्दैन र हाम्रालाई हैन, राम्रालाई जिताउँने आधारहरु देखेर मात्र पार्टीले उम्मेदवारी दिने छ, उनले भने । केन्द्रीय सदस्यहरु प्रदिप सुनुवार, लक्ष्मी परियार, नारायण कार्की, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, नेपाली काग्रेस जिल्ला सभापति प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की क्षेत्रीय सभापतिहरु खगेन्द्र राई, रामकुमार राई, पूर्व जिल्ला सभापति अर्जुन खड्का लगायतले उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी पार्टी प्रबेश गर्नेहरुलाई महामन्त्री शर्माले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ५९ बजे

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम