१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

जिएमइ रेमिट र फेडरल एक्स्चेन्ज बिच रेमिट्यान्स सम्झौता



काठमाडौ ।जिएमइ रेमिट प्रा.लि र युएइ स्थित मनी एक्स्चेन्ज कम्पनी फेडरल एक्स्चेन्ज  बिच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा नेपालका जिएमइ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र फेडरल एक्सचेन्जको तर्फबाट रजह आर आर लियानागे ले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै युएइमा रहेका नेपालीहरुले फेडरल एक्सचेन्जका कुनै पनि ११ शाखाबाट जिएमइ रेमिट मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको रेमिट्यान्स रकम नेपालमा रहेका जिएमइ रेमिटसँग आवद्ध २०,००० भन्दा बढी एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने छ ।

साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी Real Time Deposit गर्न सकिने र यसका साथै IME Pay Wallet मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।

विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जिएमइ रेमिट ले पछिल्लो समय आफ्नो सेवा विस्तार र ग्राहकको सहजताका लागि रेमिट्यान्स सम्झौतालाई तिब्रता दिदै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ०८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का