२५ असार २०८३, बिहिबार | July 9, 2026

निर्वाचनमा मिलेर जान अर्घाखाँचीका गठबन्धनका दलहरुबीच सहमति



अर्घाखाँची । राष्ट्रिय स्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् ।

सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसी, नेकपा एकीकृत समाजवादीका नेता राम बहादुर चौहान लगायतका राजनीतिक दलका नेताहरुले आगामी निर्वाचनमा संगै जाने स्पष्ट पारेका हुन् ।

प्रतिगमनविरुद्ध आफूहरुले सँगै संघर्ष गरेको भन्दै सत्तापक्षीय राजनीतिक दलहरुले प्रतिगमनलाई साँच्चै परास्त गर्नका लागि आफूहरु एक भएर निर्वाचनमा होमिन तयार रहेको जनाएका हुन् ।

एमाले सचिव टोप बहादुर रायमाझीको प्रभावक्षेत्र मानिएको अर्घाखाँचीमा गठबन्धन कायम रहेको अवस्थामा रायमाझीलाई जित्न निकै कठिन हुने विष्लेषकहरु बताउँछन् । यद्यपी यतिवेला अर्घाखाँचीका गाउँ गाउँमा संगठन निर्माणमा सक्रिय रहेका रायमाझीले आफुहरु एक्लै पनि भिड्न तयार रहेको बताउने गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ९ : ४४ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’