१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठो साधारण सभा सम्पन्न



बुटवल । रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठो साधारण सभा सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले महासंघ सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुखदुःखमा साथमा रहने बताए ।

व्यवसायीहरूको कच्चापदार्थको रूपमा रहेको सुनको आयत कम रहेकाले आयतको मात्र बढाउन सरकारसँग अपिल गर्ने बताए । साथै अब छिट्टै सरकारद्वारा सुनचाँदी खरिद बिक्री निर्देशिका बनाउने कार्य सम्पन्न हुन लागेको जनाउँदै सम्पूर्ण व्यवसायीहरूले ग्राहक हितमा रहेर ब्यवसाय गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा नापतौल विभाग रुपन्देही प्रमुख सम्भु कुमार झा, सुनचाँदी बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी, सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, नेपाल सुनचाँदी ब्यवसायी महासघका सदस्य एम.बि.बिश्वकर्मा, सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव डिल बहादुर खाती, सल्लाहकार, ज्योतीलाल बिक, डम्बरलाल रामदाम सुरेशरत्न बज्राचार्य, बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गोकुल बिक, सिद्दार्थ नगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाश मणि बिक लगायतले बोल्दै सुनचाँदी व्यवसाय अति सम्वेदन शिल व्यवसाय भएकाले राज्यले सुरक्षा दिनुपर्ने/व्यवसायीहरुलाई आवश्यक पर्ने सुन सहज उपल्वध गराउनुपर्ने बताएका छन । साधारणसभामो अध्यक्षको प्रतिबेदन, सचिवको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पारित भएको थियो ।

कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किशन बिकको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यसरत्न बज्राचार्यको स्वागत र महासचिव सिताराम रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : १५ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले