२० श्रावण २०८३, बुधबार | August 6, 2026

रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठो साधारण सभा सम्पन्न



बुटवल । रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठो साधारण सभा सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले महासंघ सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुखदुःखमा साथमा रहने बताए ।

व्यवसायीहरूको कच्चापदार्थको रूपमा रहेको सुनको आयत कम रहेकाले आयतको मात्र बढाउन सरकारसँग अपिल गर्ने बताए । साथै अब छिट्टै सरकारद्वारा सुनचाँदी खरिद बिक्री निर्देशिका बनाउने कार्य सम्पन्न हुन लागेको जनाउँदै सम्पूर्ण व्यवसायीहरूले ग्राहक हितमा रहेर ब्यवसाय गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा नापतौल विभाग रुपन्देही प्रमुख सम्भु कुमार झा, सुनचाँदी बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी, सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, नेपाल सुनचाँदी ब्यवसायी महासघका सदस्य एम.बि.बिश्वकर्मा, सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव डिल बहादुर खाती, सल्लाहकार, ज्योतीलाल बिक, डम्बरलाल रामदाम सुरेशरत्न बज्राचार्य, बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गोकुल बिक, सिद्दार्थ नगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाश मणि बिक लगायतले बोल्दै सुनचाँदी व्यवसाय अति सम्वेदन शिल व्यवसाय भएकाले राज्यले सुरक्षा दिनुपर्ने/व्यवसायीहरुलाई आवश्यक पर्ने सुन सहज उपल्वध गराउनुपर्ने बताएका छन । साधारणसभामो अध्यक्षको प्रतिबेदन, सचिवको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पारित भएको थियो ।

कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किशन बिकको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यसरत्न बज्राचार्यको स्वागत र महासचिव सिताराम रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : १५ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको