काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
एमाले केन्द्रीय सचिवालय बैठक अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको छ । आज दिउसो ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।
सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । विभिन्न राजनीतिक दलले यसको तयारी थालिसकेका छन् ।
एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । यस विषयमा पनि आजको सचिवालय बैठकमा छलफल हुने जनाइएको छ ।



















प्रतिक्रिया