४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु (फोटो फिचर)



बुटवल । एन्फा टेक्निकल देविनगरमा ६ सय जना विद्यार्थीहरुले स्वागत तथा ५ सय २५ जनाले कवाज प्रदर्शन मार्फत तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७८ को शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा साढे ३ सय बढिले बहुसास्कृतिक नृत्य प्रदर्शन समेत प्रदर्शन गर्दै प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

कालिका मानव ज्ञान माविका विद्यार्थीहरुले कवाज प्रदर्शनकै क्रममा बुटवलमा स्वागत छ भन्ने सन्देश दिएका थिए । यसैगरि विभिन्न विद्यालयका विद्यार्थीहरु आर्कषक मारुनी, कौडा, थारु ,झ्याउने, खुकुरी नाच लगायत प्रदर्शन गरेका थिए ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै युवाहरुको प्लेटफर्मको रुपमा प्रतियोगिता रहेको बताए ।

कार्यक्रममा खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलाडीहरुको उर्वरभुमि लुम्बिनी प्रदेशमा स्थानिय पालिकाहरुको समन्वय गरि दीर्घकालिन र अल्पकालिन योजनाहरु बनाएर आफु अघि बढने बताए ।

उपमहानगर खेलकुद समितिका अध्यक्ष नन्दु काउचाले खेलाडीहरुलाई कुम्भका रुपमा प्रतियोगिता रहेको बताए । काउचाका अनुसार ४ दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्सतर्फ १००, २००, ८०० मिटर, १५०० मिटर दौडहरु, ४ बाई १०० मिटर रिले हिट, ३ हजार मिटर दौड समेत गरिने उनले बताए । कबड्डी, शटफुट, लंगजम्प, त्रिपल जम्प, ज्वाप्लिङ थ्रो लगायतका खेलहरु खेलाईने छन । यसैगरि विभिन्न तौल समुहमा कराते, तेक्वान्दो खेलहरु कालिका कराते एकेडेमीमा हुने छन ।

प्रतियोगिताको महत्वपुर्ण प्रतियोगिता अन्तरगत छात्रछात्रा भलिबल प्रतियोगिता समेत हुनेछ । जसमा १८ टिमले छात्र र ९ वटा टिमले छात्रामा भाग लिनेछन । प्रतियोगितामा नगरका १७ सामुदायिक र २० निजि विद्यालयका खेलाडीहरुले ४२ वटा खेलमा भाग लिनेछन । करीब ५ हजार विद्यार्थीहरुसहित खेल प्रशक्षिकहरुको सहभागी हुने प्रतियोगितामा खेल महाकुम्भका रुपमा रहने उनले बताए । प्रतियोगिता आयोजना गर्न साढे १४ लाख बराबर खर्च अनुमान रहेको छ । गतवर्ष कालिका मानवज्ञानले उपाधि चुमेको थियो भने नवीन उपविजेता रहेको समितिका सदस्य प्रेम बस्नेतले बताए ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ३८ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा